मनोरञ्जन

पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली कन्दरा व्याण्ड लण्डनमा गुन्जियो


erastriya सोमबार, पुस २२, २०८१

बेलायत, २२ पुस : ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ ।

 शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ । 

 नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । 

 गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाउनुभयो । उहाँका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।

 ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो । 

 कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भन्नुभयो, “विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।” 

 कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुनुहुन्छ ।

 कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

 यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ ।

 नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

किम्फ चलचित्र महोत्सव दमकमा हुने
किम्फ चलचित्र महोत्सव दमकमा हुने

पुस २१, २०८१

अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

पुस १७, २०८१

टर्कीएको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
टर्कीएको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

पुस १३, २०८१

क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

पुस १०, २०८१

ताजा अपडेट

  • पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

    पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

  • चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

    चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

  • पर्यटकीयस्थल घोडेपानीमा हिमपात

    पर्यटकीयस्थल घोडेपानीमा हिमपात

  • नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

    नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

  • चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

    चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

  • ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो

    ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो

  • तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

  • बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

    बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह