स्वास्थ्य

हेलिकोप्टरबाट सुत्केरीको उद्धार


erastriya आइतबार, पुस २१, २०८१

त्रिवेणी (रुकुमपश्चिम), २१ पुस : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ । एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो । 

 आठबिसकोट–२ पाहाडाकी २४ वर्षीया धनमाया बुढा र वडा नं ३ खदीकी दीपा बोहरालाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिसकोट नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार दीपाले छोरीलाई जन्म दिइसकेपछि रक्तस्राव नरोकिएका कारण र गर्भवती बुढाको रक्तचापका कारण नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत पठाइएको हो । 

 बिरामीको अवस्था गम्भीर भएपछि आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत गर्भवती तथा सुत्केरीको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै
दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

पुस २०, २०८१

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

पुस १९, २०८१

बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म

पुस १९, २०८१

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

पुस १८, २०८१

ताजा अपडेट

  • सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

    सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

  • भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

    भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

  • भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

    भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

  • चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

    चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

  • डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

    डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

  • आगलागी हुँदा धनमाल जलेर नष्ट

    आगलागी हुँदा धनमाल जलेर नष्ट

  • ‘भूकम्पबाट सामान्य क्षति’

    ‘भूकम्पबाट सामान्य क्षति’

  • अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

    अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत