राजनीति

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन


erastriya आइतबार, पुस २१, २०८१

 

काठमाडौँ, २१ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ । कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा तोसिमा कार्की, डा अच्युतम लामिछाने र मेघ आले रहनुभएको छ ।

उक्त कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।

 

यसैबीच रास्वपाको केन्द्रीय समितिको दोस्रो दिनको बैठक स्वयम्भूस्थित स्टार भेन्यूमा जारी छ । दोस्रो दिनको बैठकमा संविधान परिमार्जन र प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी कार्यदिशाबारे छलफल गरिने कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

 

पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकामा छलफल हुने जनाइएको छ । यस्तै पार्टीको केन्द्रीय समिति, सल्लाहकार समिति, सल्लाहकार परिषद् एवं केन्द्रीय विभागको पुनःसंरचनामा छलफल गरिनेछ । बैठकले पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन र आचारसंहितामासमेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

२३ घण्टा अघि

जनमत पार्टीद्वारा कार्यदल गठन
जनमत पार्टीद्वारा कार्यदल गठन

१ दिन अघि

एमाले केन्द्रीय कमिटी बैठक आज पनि
एमाले केन्द्रीय कमिटी बैठक आज पनि

१ दिन अघि

माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने
माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने

१ दिन अघि

ताजा अपडेट

  • भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

    भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

  • चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

    चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

  • डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

    डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

  • आगलागी हुँदा धनमाल जलेर नष्ट

    आगलागी हुँदा धनमाल जलेर नष्ट

  • ‘भूकम्पबाट सामान्य क्षति’

    ‘भूकम्पबाट सामान्य क्षति’

  • अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

    अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

  • जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

    जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

  • जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

    जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी