स्वास्थ्य

दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै


erastriya शनिबार, पुस २०, २०८१

दार्चुला, २० पुस : शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो ।

 अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ ।

 अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउनुहुन्छ । लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शैय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर सुरु भएको छ । कूल सात करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत विष्टले बताउनुभयो ।

 दुहुँ गाउँपालिकामा पनि १० शैय्या अस्पताल निर्माण थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो । आव २०७७/७८ मायमुना, कौशिल जगदम्बा जेभीले कूल आठ करोड २९ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । 

 यसैगरी, व्यास गाउँपालिकामा रु २४ करोड ७६ लाख ८५ हजारको लागतमा १५ शय्याको अस्पताल निर्माण सुरु भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कँुवरले बताउनुभयो । यद्यपि अपि हिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शैय्या अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो अस्पतालका लागि रु १० करोड ३३ लाखमा ठेक्का सम्झौता भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार

१९ घण्टा अघि

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

पुस १९, २०८१

बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म

पुस १९, २०८१

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

पुस १८, २०८१

ताजा अपडेट

  • शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

    शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

  • भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

    भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

  • जनमत पार्टीद्वारा कार्यदल गठन

    जनमत पार्टीद्वारा कार्यदल गठन

  • चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

    चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

  • कर्णाली राजमार्गमा अतिक्रमित बनेका संरचना हटाउँदै

    कर्णाली राजमार्गमा अतिक्रमित बनेका संरचना हटाउँदै

  • माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

  • सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

    सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

  • क्षमताभन्दा तीन गुणा बढी कैदिबन्दी

    क्षमताभन्दा तीन गुणा बढी कैदिबन्दी