विकास

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम


erastriya शनिबार, पुस २०, २०८१

दमौली (तनहुँ), २० पुस : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढेको छ । दैनिक हजारौँ सर्वसाधारण आवतजावत गर्ने पुलको पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नुपरेको छ । 

विसं २०३७ मा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी सङ्ख्याले उक्त पुलबाट आवतजावत गर्ने तथा मेला, महोत्सव तथा यज्ञ सञ्चालन भएको दिनमा हजारौँ भक्तजनले यही पुल प्रयोग गर्ने गर्छन् ।

माघे सङ्क्रान्ति मेलामा त एकै दिन लाखौँ भक्तजनले उक्त पुल मार्फत आवतजावत गर्छन् । देवघाट गाउँपालिकाका सामाजिक अगुवा तथा देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले त्रिशूलीको झोलुङ्गे पुलले अब धान्न गाह्रो हुने बताउनुभयो । 

विसं २०३७ मा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक छ हजार जनाभन्दा बढीले आवतजावत गर्ने र सयौँ मोटरसाइकल वारपार गर्ने पौडेलले जानकारी दिनुभयो । देवघाट आउनका लागि हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । 

देवघाट आउने भक्तजनमध्ये करिब ९५ प्रतिशत चितवनको आँपटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गर्नुभयो । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताउनुभयो । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अब उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने बताउनुभयो । 

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्नुपर्ने विषयमा सस्पेन्सन पुल डिभिजन कार्यालयलाई जानकारी गराइएको बताउनुभयो । देवघाट जान तीन वटा मोटरेबल पुल सञ्चालनमा आइसकेको हुँदा अब उक्त पुलबाट मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने उहाँको भनाइ छ ।

देवघाटका सामाजिक अगुवा बलबहादुर क्षेत्रीले पनि जतिसक्दो चाँडो उक्त पुलबाट मोटरसाइकल आवतजावतमा रोक लगाउनुपर्ने बताउनुभयो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुल जीर्ण भएको बारेमा गत मङ्सिरमै सस्पेन्सन बृज डिभिजन कार्यालयलाई जानकारी गराइसकिएको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो
उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

पुस १९, २०८१

भेरिएसन’ नहुँदा महाकालीमा पुल निमार्णको काम प्रभावित
भेरिएसन’ नहुँदा महाकालीमा पुल निमार्णको काम प्रभावित

पुस १८, २०८१

सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा लोभलाग्दो तोरीखेती
सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा लोभलाग्दो तोरीखेती

पुस १४, २०८१

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

पुस १३, २०८१

ताजा अपडेट

  • जनमत पार्टीद्वारा कार्यदल गठन

    जनमत पार्टीद्वारा कार्यदल गठन

  • चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

    चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

  • कर्णाली राजमार्गमा अतिक्रमित बनेका संरचना हटाउँदै

    कर्णाली राजमार्गमा अतिक्रमित बनेका संरचना हटाउँदै

  • माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

  • सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

    सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

  • क्षमताभन्दा तीन गुणा बढी कैदिबन्दी

    क्षमताभन्दा तीन गुणा बढी कैदिबन्दी

  • एमाले केन्द्रीय कमिटी बैठक आज पनि

    एमाले केन्द्रीय कमिटी बैठक आज पनि

  • पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली कन्दरा व्याण्ड लण्डनमा गुन्जियो

    पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली कन्दरा व्याण्ड लण्डनमा गुन्जियो