राजनीति

सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया


erastriya शुक्रबार, पुस १९, २०८१

सुदूरपश्चिम, १९ पुसः सुदूरपश्चिम प्रदेशका स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारबीच सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया सुरु भएको छ । प्रदेशका ८८ वटा स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारको सिङ्गो टोलीलाई एउटै मञ्चमा राखेर आजदेखि सुरु भएको अन्तरक्रियाले स्थानीय तहमा देखिने कतिपय समस्यालाई दोहोरो संवादका माध्यमबाट समाधान खोज्न, आगामी दिनमा सुधार गर्न सकिने मार्ग पहिल्याउन, प्रदेश सररकार र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न, एकापसमा असल अभ्यासहरूको सिकाइ आदानप्रदान गर्न, स्थानीय तहहरूको सम्भावना र अवसरहरूको खोजीलगायत काममा टेवा पुग्ने विश्वास गरिएको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित दुुईदिने अन्तरक्रियामा प्रदेश मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, प्रदेश नीति आयोगका पदाधिकारी, विभिन्न विषयका विज्ञहरू, स्थानीय पालिकाका प्रमुख÷अध्यक्षहरू, प्रदेशसभाका सदस्यहरूको सहभागिता छ । कार्यक्रममा सङ्घीयता सवलीकरणमा स्थानीय तहको भूमिका, अन्तर सरकार समन्वयका आयामहरू, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहका नेतृत्वको भूमिका र कर्तव्य, नेतृत्व विकासका आयामहरू, सार्वजनिक खर्च व्यवस्थापनमा स्थानीय तहका नेतृत्वको भूमिका, सदाचार र नैतिकता सन्दर्भमा नेतृत्वलगायत विषयमा प्रस्तुति गरेर छलफल गरिने छ ।

आज पहिलो दिन प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले सुदूरपश्चिम प्रदेशको समग्र अवस्थासम्बन्धी प्रस्तुति राख्नुभएको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अन्तरक्रियाको उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?
माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?

१० घण्टा अघि

बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला
बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

१ दिन अघि

प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ताले ल्यायो नयाँ तरंग
प्रचण्डसँग विप्लव र प्रकाण्डको भेटवार्ताले ल्यायो नयाँ तरंग

असार ०७, २०८२

रास्वपाले बहिष्कार गर्यो आजको संसद बैठक
रास्वपाले बहिष्कार गर्यो आजको संसद बैठक

असार ०६, २०८२

ताजा अपडेट

  • फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

    फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकस…

  • माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?

    माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिस…

  • इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

    इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी…

  • युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

    युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

  • बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

    बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !…

  • सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

    सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

  • विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

    विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. रा…

  • अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट

    अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रच…