राजनीति

घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने


erastriya शुक्रबार, पुस १९, २०८१

 

बारा (कलैया), १९ पुसः खानेपानीमन्त्री प्रदीप यादवले जिल्लाका घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताउनुभएको छ ।

आज उहाँले नेपाल खानेपानी संस्थान कलैया शाखाद्वारा आयोजित मानमत–कलैया–मटिअर्वा सडकखण्डमा जोडिने खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “बारामा घामपानीले क्षति पु-याएका खानेपानीका सबै ट्याङ्की मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने बचन दिन चाहन्छु ।”

पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी बढेको र जलवायु परिर्वतनका कारण तराईमा भूमिगत खानेपानीसहित चापाकल सुक्दै गएकाले आगामी दिनमा पानीको समस्या थप जटिल हुने अवस्था सृजना भएको बताउनुभयो । “विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो, अहिले तीन सय फिटमा पनि आउन छाडेको छ,” उहाँले भन्नुभयो, “शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको हाहाकार हुने सम्भावना छ ।”

सिस्वा गाउँ र आसपासका क्षेत्रमा खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको बोलपत्र आह्वान गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्वप्रदेशसभा सदस्य पारस साह, कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश
जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

२२ घण्टा अघि

संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी
संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी

जेठ २६, २०८२

कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने
कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

जेठ २६, २०८२

कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजिनामा आउँदैन्’
कांग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजिनामा आउँदैन्’

जेठ २६, २०८२

ताजा अपडेट

  • इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा हुने समर्थककाे दावी

    इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा ह…

  • आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

    आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड…

  • एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

    एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध …

  • बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म

    बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी सम…

  • जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

    जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा…

  • नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

    नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा

  • २०८२ जेष्ठ २७ गते मंगलवार: आजको राशिफल

    २०८२ जेष्ठ २७ गते मंगलवार: आजको राशिफल

  • भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएसपीको मृत्यु

    भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएस…