अन्तर्राष्ट्रिय

बङ्गलादेशद्वारा राजद्रोहको आरोपमा हिन्दू भिक्षुको जमानत अस्वीकार


erastriya बिहीबार, पुस १८, २०८१

मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दू भिक्षुलाई बिहीबार बङ्गलादेशको अदालतले पुनः जमानत दिन अस्वीकार गरेको छ । 

 चिन्मय कृष्ण दासलाई नोभेम्बरमा एक ¥यालीमा कथित रूपमा बङ्गलादेशी झण्डाको अपमान गरेको आरोपमा पक्राउ गरिएको थियो र उहाँले राजद्रोहको आरोपको सामना गरिरहनुभएको छ ।

 अघिल्लो जमानत सुनुवाईपछि हिंसा भड्किएपछि सुरक्षा बलले दक्षिणी बन्दरगाह शहर चट्टगाँवमा रहेको अदालतलाई घेरा हालेको थियो । भिक्षुका अनुयायीहरूमाथि सरकारी वकिलको हत्या गरेको आरोप लगाइएको थियो ।

 दासले राजद्रोहको आरोप अस्वीकार गर्नुभएको उहाँका वकिल अपूर्बा कुमार भट्टाचार्जीले बिहीबार बताउनुभयो । तर सरकारी वकिल रेहानुल वाजेद चौधरीले ‘अझ धेरै अनुसन्धान गर्नुपर्ने’ भएकाले जमानतको विरोध गरेको बताउनुभयो । 

 अभियोजन र प्रतिरक्षा दुवैले अदालतले जमानत आवेदन अस्वीकार गरेको बताए । नोभेम्बरमा मारिएका वकिल सैफुल इस्लाम अलिफको परिवारले उहाँको मृत्युसँग सम्बन्धित रहेको भन्दै दुईवटा छुट्टै मुद्दा दायर गरेका छन् । 

 यसमा तोडफोड र विस्फोटक पदार्थ बोकेको आरोपमा ५८ जना हिन्दू वकिल पनि छन् । 

 गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिले स्वेच्छाचारी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बङ्गलादेशमा धार्मिक सम्बन्ध अशान्त भएको छ । 

 नयाँदिल्लीको हिन्दू–राष्ट्रवादी सरकार हसिनाको प्रमुख समर्थक थियो र अगस्ट ५ मा प्रधानमन्त्रीको दरबारमा आक्रमण गर्दा प्रदर्शनकारीहरूबाट भागेर ७७ वर्षीया हसिना भारतमा निर्वासनमा हुनुहुन्छ । 

 बङ्गलादेशले डिसेम्बरमा भारतलाई हसिनालाई ‘नरसंहार, हत्या र मानवता विरुद्धको अपराध’ को आरोपको सामना गर्न फिर्ता पठाउन अनुरोध गरेको थियो । भारतले अनुरोध प्राप्त गरेको पुष्टि गरेको छ तर थप टिप्पणी गर्न अस्वीकार गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

२० मिनेट अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१६ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

२२ घण्टा अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु