कानुन

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छः अध्यक्ष यादव


erastriya बिहीबार, पुस १८, २०८१

खजुरा (बाँके), १८ पुसः जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।  

 अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सबैले अपनत्व लिने गरी, सङ्घीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने किसिमले सबैको सहमति र समन्वयबाट मात्रै संशोधन गर्नुपर्ने आवश्यकता छ ।” 

 पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र र सङ्घीयताको रूपमा प्राप्त भएका उपलब्धिलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिँंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनु जरुरी छ ।” 

 अवधि पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रिय सचिव एवं नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, स्थानीय नेतालगायत सञ्चरकर्मीको उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस
मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस

१ दिन अघि

सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश

पुस २८, २०८१

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

पुस २६, २०८१

भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

पुस २२, २०८१

ताजा अपडेट

  • ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

    ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

  • दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

    दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

  • मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

    मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

  • पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी

    पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी

  • मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

    मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

  • मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

    मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

  • देश र जनताप्रति केन्द्रित भएर  काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

    देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

  • यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

    यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी