समाचार

‘तथ्याङ्क कार्यान्वयनयोग्य नीति निर्माणको मुख्य आधार’


erastriya बुधबार, पुस १७, २०८१

 

काठमाडौँ, १७ पुसः मुख्यसचिव एकनारायण अर्यालले कार्यान्वयनयोग्य नीति निर्माणका लागि तथ्याङ्कलाई मुख्य आधारका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय तथ्याङ्क दिवस–२०८१ का अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुख्यसचिव अर्यालले तथ्याङ्क कार्यालयले उपलब्ध गराउने तथ्याङ्कका आधारमा सरकार, मन्त्रालय र विभागहरूले आ–आफ्ना नीति तथा योजना निर्माण गर्ने भएकाले उपलब्ध गराइने तथ्याङ्क अनुसन्धान र सत्यमा आधारित हुनुपर्ने बताउनुभयो ।

कार्यान्वयनयोग्य नीति निर्माण गर्न तथ्याङ्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले तथ्याङ्क सार्वजनिक गर्दा निश्चित मापदण्ड अपनाउनुपर्ने उल्लेख गर्नुभयो । “हाम्रा नीतिहरू तथ्याङ्कमा आधारित हुन सक्यो भने ती प्रभावकारी र कार्यान्वययोग्य हुन्छन् । नीतिमा देखिएको दोहोरोपन तथा कार्यान्वयनमा देखिएको समस्या समाधान लागि प्रधानमन्त्री कार्यालयमा नीति प्रयोगशाला (पोलिसी ल्याब) समेत स्थापना गरिएको छ”, मुख्यसचिव अर्यालले भन्नुभयो, “निर्माण भएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न तथ्याङ्कको सही उपयोग गर्न आवश्यक छ ।

साथै तथ्याङ्क तयार पारी सार्वजनिक गर्ने समयमा निश्चित मापदण्ड र मानकहरू अवलम्बन गर्न आवश्यक छ ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहत राखिँदा तथ्याङ्क कार्यालय र योजना आयोगबीच सहकार्य विस्तारमा समस्या भइरहेको बताउनुभयो । तथ्याङ्कमा आधारित नीति निर्माणको आवश्यकता औँल्याउँदै उहाँले तथ्याङ्कलाई सही तरिकाले प्रयोग गर्न सके नीति र योजना निर्माणमा ठोस सुधार आउने धारणा राख्नुभयो । “नीति र योजना निर्माणसँग जोडिएका कारण सबैभन्दा बढी तथ्याङ्क योजना आयोगलाई चाहिन्छ । अहिले तथ्याङ्क कार्यालय मातहत गएपछि योजना आयोगसँगको सहकार्य कमजोर हुँदै गएको छ ।

यस विषयलाई हामीले गम्भीर भएर समीक्षा गर्नुपर्छ”, सचिव मरासिनीले भन्नुभयो । कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्याङ्क कार्यालयले राम्रो कार्यसम्पादन गरे पनि विभिन्न चुनौतीहरूसँग जुधिरहेको बताउनुभयो । सबै पालिकाबाट तथ्याङ्क प्राप्त गर्न नसकिएको, स्थानीय तहहरूसँग समन्वयको कमी र प्रदेश तथा स्थानीय तहमा आवश्यक जनशक्तिको अभावलगायत कारणले तथ्याङ्क सङ्कलन चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ । तथ्याङ्क कार्यालयको भवन निकै पुरानो भएको बताउँदै बुर्लाकोटीले गणकलाई पर्याप्त सेवा सुविधाको अभाव रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यालयले गरेका अध्ययन र सर्वेक्षणका तथ्याङ्क गलत नभएको दाबी गर्दै उहाँले त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरा नीति निर्माणकर्ताको क्षमतामाथि निर्भर हुनेसमेत बताउनुभयो । प्रदेशस्तरीय तथ्याङ्क कार्यालयलाई सहसचिवस्तरीय नेतृत्व प्रदान गर्नुपर्ने, तत्काल कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्नुपर्ने, गणकहरूलाई सेवा सुविधामा सुधार गरी प्रोत्साहन गर्नुपर्ने, तथ्याङ्क सङ्कलनमा स्थानीय तहहरूसँग प्रत्यक्ष सहकार्य बढाउनुपर्नेलगायत विषय उहाँले उठाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

१ दिन अघि

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

असार ३१, २०८२

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन