राजनीति

मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल


erastriya बुधबार, पुस १७, २०८१

 

काठमाडौँ, १७ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गर्नुभएको छ ।

पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भन्नुभयो, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।” एमाले सचिवालय बैठकले उहाँलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उहाँले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गर्नुभएको थियो । पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी हुनुहुन्थ्यो । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उहाँले आज पत्रकार सम्मेलनमा सुनाउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी
मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

११ घण्टा अघि

काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने
काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

१ दिन अघि

सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ
सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

१ दिन अघि

एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड
एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

जेठ ३२, २०८२

ताजा अपडेट

  • आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा छोरी

    आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा…

  • मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

    मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण म…

  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्त…

  • टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

    टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

  • ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं

    ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य…

  • काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

    काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

  • सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

    सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी …

  • इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि विवरण संकलन शुरु

    इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि वि…