धर्म/संस्कृति

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै


erastriya सोमबार, पुस १५, २०८१

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।

 ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

 ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

 पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष दाहाल
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष दाहाल

पुस १८, २०८१

सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना

पुस १८, २०८१

जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा बिक्री बितरण निषेध
जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा बिक्री बितरण निषेध

पुस १६, २०८१

महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण
महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण

पुस १६, २०८१

ताजा अपडेट

  • भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

    भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

  • हेलिकोप्टरबाट सुत्केरीको उद्धार

    हेलिकोप्टरबाट सुत्केरीको उद्धार

  • माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने

    माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने

  • जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

    जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

  • नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ

    नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ

  • एमालेको केन्द्रीय कमिटी बैठक देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् : प्रधानमन्त्री

    एमालेको केन्द्रीय कमिटी बैठक देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् : प्रधानमन्त्री

  • रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

    रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

  • गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

    गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी