समाचार

बर्सेनि बढ्दै कञ्चनजङ्घामा पर्यटक


erastriya आइतबार, पुस १४, २०८१

 

ताप्लेजुङ, १४ पुसः कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । पदमार्गको सुधार, पर्यटकका लागि आवश्यक सुविधा विस्तारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो ।

 

पछिल्लो साढे चार वर्षमा तीन हजार चार सय ८९ पर्यटक कञ्चनजङ्घा क्षेत्र भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । तीमध्ये तीन हजार दुई सय १९ जना विदेशी पर्यटक रहेका परिषद्का संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिनुभयो । पर्यटकको आगमन वृद्धि हुनुमा प्रचारप्रसारसँगै आवश्यक पूर्वाधार निर्माण, सुविधा विस्तारलगायत कारण रहेको उहाँले बताउनुभयो ।

 

यादवका अनुसार हरेक वर्ष तुलनात्मक रूपमा पर्यटकको आगमन बढ्दै गएको छ । चालु आर्थिक वर्षको हालसम्ममा आठ सय ७७ पर्यटक यहाँ आएका छन् । आव २०७६÷७७ को छ महिनामा छ सय आठ जना पर्यटक आएका उहाँले जानकारी दिनुभयो ।

आव २०७८÷७९ मा दुई सय छ, आव २०७९÷८० मा सात सय १३, आव २०८०÷८१ मा एक हजार हजार ८५ जना पर्यटक आएका जनाउँदै यो तथ्याङ्कलाई हेर्दा क्रमशः पर्यटकको आगमनमा वृद्धि हुँदै गएको यादवले बताउनुभयो ।

 

यसैबीच, कञ्चनजङ्घा आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा आगामी वैशाख ५ देखि ७ गतेसम्म कञ्चनजङ्घा हीरक महोत्सव आयोजना गरिने भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले आयोजना गर्ने उक्त महोत्सव फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा हुनेछ ।

 

पदयात्रा, फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा खाद्य परिकारको प्रदर्शनीलगायत गतिविधिसहित खुला पुरुष भलिबल प्रतियोगितासमेत सञ्चालन हुने परिषद्का सदस्य सचिव मनकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ र बेलायतमा पनि महोत्सवसम्बन्धी कार्यक्रम गरिने कार्यतालिका रहेको छ । समुद्री सतहदेखि आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

१ दिन अघि

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

असार ३१, २०८२

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन