राजनीति

अराजकता विरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की


erastriya शनिबार, पुस १३, २०८१

दमक (झापा), १३ पुुसः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताउनुभएको छ ।

अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पु¥याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउने सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको बताउनुभयो । 

नेकपा (एमाले) दमक नगर कमिटीले आज पर्यटकीयस्थल इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरेको वनभोजसहित बाल प्रतिभाको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले भन्नुभयो, “सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ अर्बौँ रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झै गर्ने, आफैँले काटेको चेक मलाई थाहा छैन भन्ने जस्ता गैरजिम्मेवारी पूर्णजवाफ दिनेसम्मका हर्कत अराजक प्रवृत्तिहरु हुन् ।”

कुनै बहानामा ठगी र अपराध गर्ने कानुनी दायरा बाहिर हुन नसक्ने भन्दै उहाँले कुनै दल विशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उल्लेख गर्नुभयो । सत्तरी प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुकअघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको उहाँको बताउनुभयो । 

एमाले केन्द्रीय सदस्यद्वय दीपक कार्की र इन्द्र भण्डारीले जब जब एमाले नेतृत्वको सरकार बन्छ तब तब विभिन्न उच्छृङ्खंल र अराजक समूह सरकारको लोकप्रियता विरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म विभिन्न आरोप र लाञ्छना लगाउँदै अपवाफ फैलाउदै आएको टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

११ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

असार २३, २०८२

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

असार २३, २०८२

ताजा अपडेट

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …