राजनीति

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन यही पुस १७ गते निर्वाचन


erastriya शुक्रबार, पुस १२, २०८१

काठमाडौँ, १२ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि यही पुस १७ गते निर्वाचन हुने भएको छ । 

उमेर विवादका कारण गत असोज १० देखि १४ गतेसम्म काठमाडौँमा भएको २३औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन प्रक्रियामा नपुगी स्थगित भएको थियो । 

अध्यक्ष पञ्चा सिंहले उमेर हदबन्दी विवाद र त्यसपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ नेतृत्वका लागि उमेर हदबन्दी ३२ वर्ष राख्ने वा नराख्ने विषयमा निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाइनेछ । उमेर हदको सम्बन्धमा प्रत्येक जिल्लामा मतदान केन्द्र राखिएको छ । “उमेर हदबन्दबारे निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाएपछि केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया सुरु हुन्छ । त्यसका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ”, उहाँले भन्नुभयो ।

नयाँ नेतृत्वका लागि यही पुस १५ गते उम्मेदवारी दर्ता र १७ गते बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने गरी कार्यतालिका प्रकाशन गरिएको छ । मतदान सात प्रदेशसहित नौवटा प्रदेशस्तरीय मतदान केन्द्रको व्यवस्था गरिएको छ । ३३ पदाधिकारीसहित दुई सय ४३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्न दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्ने क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

१३ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

असार २३, २०८२

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

असार २३, २०८२

ताजा अपडेट

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …