अन्तर्राष्ट्रिय

रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु: सियोल


erastriya शुक्रबार, पुस १२, २०८१

 

युक्रेनविरुद्धको रूसको युद्धका क्रममा पक्राउ परेका उत्तर कोरियाली सैनिकको चोटका कारण मृत्यु भएको दक्षिण कोरियाली गुप्तचर निकायले शुक्रबार जनाएको छ ।

प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक तैनाथ गरेको छ र उनीहरू प्राय कुस्र्क सीमा क्षेत्रमा तैनाथ छन् । कुस्र्क अगस्टमा युक्रेनले नियन्त्रणमा लिएको रूसी क्षेत्र हो । उत्तर कोरियाली सैनिकमध्ये एक जनालाई युक्रेनी सेनाले बिहीबार जीवितै नियन्त्रणमा लिएको दक्षिण कोरियाली गुप्तचर स्रोतले एएफपीलाई जानकारी दिएको छ । 

 कुस्र्कमा तैनाथ उत्तर कोरियाली सैनिक समातिएको केही घण्टापछि सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले ती सैनिकको मृत्यु भएको जनाएको हो । दक्षिण कोरियाली गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डिसेम्बर २६ मा जीवितै पक्राउ परेका उत्तर कोरियाली सैनिकको गम्भीर चोटका कारण मृत्यु भएको छ ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनामा सामेल भएका करिब तीन हजार उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको बताउनुभएको थियो ।

दक्षिण कोरियाको गुप्तचर सेवाले यसअघि हताहत (मृत्यु वा घाइते हुने) उत्तर कोरियाली सैनिकको सङ्ख्या एक हजार रहेको बताएको थियो । दक्षिण कोरियाली अधिकारीले युद्धभूमिको अपरिचित वातावरण र ड्रोन आक्रमणको सामना गर्ने क्षमताको कमीका कारण मृत्यु हुने उत्तर कोरियाली सैनिकको सङ्ख्या उच्च हुन सक्ने बताएका छन ।

दक्षिण कोरियाली गुप्तचर निकायको जानकारीपछि गत साता बोल्दै सांसद ली सियोङ–क्विनले प्योङयाङका सैनिकलाई ‘प्रयोग गर्न सकिने अग्रपङ्तीमा खटाइएको’ बताउनुभएको थियो ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ । गत जुन महिनामा प्योङयाङ र मस्कोबीच हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यसै महिना लागू भएको थियो र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई ‘सफल दस्तावेज’ को संज्ञा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…