मजदुरहरुको ज्याला कुम्ल्याएर नेकपा एमाले, कैलालीका एक युवा नेता विदेश भागेका छन् । एमालेको भ्रातृ संगठन युवा संघ, कैलालीका जिल्ला सदस्य विमल भनिने गणेश चन्दले करिब १५० जना मजदुरको २५ लाख रुपैयाँभन्दा बढी रकम लिएर विदेश भागेको खुलेको छ ।
विश्व बैंकको ऋण लगानीमा कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको ‘रानी जमरा कुरिया सिँचाइ आयोजना’ अन्तर्गत पथरैया नदीमा भइरहेको तटबन्ध निर्माणका काम गरेका मजदुरले पाउनुपर्ने दैनिक ज्याला बापतको करिब २५ लाख रुपैयाँ भुक्तानी नदिइ विदेश भागेको पीडितहरुको भनाइ छ ।
मजदुरहरुलाई चन्दले तिर्नु पर्ने रकम २५ लाख भएको अनुमान गरे पनि त्यो बाहेक ढुंगा, गिट्टीलगायत विभिन्न कारोबारमा चन्दको समूहले गएको ३ महिनामा करिब १ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ ।
प्रतिकिर्या