समाचार

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण


erastriya शुक्रबार, पुस १२, २०८१

 

काठमाडौँ, १२ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीय गाउँ तथा नगरपालिका र जिल्लासम्बद्ध सङ्घ तथा महासङ्घले कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनसहितका ‘एजेन्डा’मा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को बैठक बस्नुपर्नेलगायत विषयवस्तुलाई समेटेर सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ ।

 

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरे सम्मिलित प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई सो ध्यानाकर्षणपत्र बुझाएको हो ।

 

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक २०८० माघ महिनापछि बस्न नसकेकाले अघिल्लो बैठकमा पेस भई निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने भनी ध्यानाकर्षणपत्रमा माग गरिएको छ ।

 

यसैगरी, समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आकार वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

 

सो अवसरमा प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँ : गृहमन्त्री लेखक
संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँ : गृहमन्त्री लेखक

१५ घण्टा अघि

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो
माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

१९ घण्टा अघि

बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ
बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ

१९ घण्टा अघि

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ

१९ घण्टा अघि

ताजा अपडेट

  • सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

    सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

  • ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

    ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

  • चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी : सर्वेक्षण

    चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी : सर्वेक्षण

  • अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन यही पुस १७ गते निर्वाचन

    अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन यही पुस १७ गते निर्वाचन

  • संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँ : गृहमन्त्री लेखक

    संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँ : गृहमन्त्री लेखक

  • रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु: सियोल

    रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु: सियोल

  • गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

  • जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'

    जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'