समाचार

बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ


erastriya शुक्रबार, पुस १२, २०८१

काठमाडौँ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पु-याउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । अन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरी जवाफ, टि.टी., म्युजिकल चेयर, नृत्य, स्ट्याण्ड अप कमेडी र दौड प्रतियोगिता सञ्चालन भइरहेको छ ।

डोरी तान्ने प्रतियोगिताको प्रतियोगिताको छात्रातर्फ टिकेश्वरी बोहरा, विमला न्यौपाने, आशा थापा, अस्मिता बोहरा, प्रतिभा खड्का र विपना भण्डारीको समूहले पहिलो स्थान हासिल गरेको छ ।यमुना उपाध्याय, संगीता भट्टराई, अम्बिका न्यौपाने, नवीना  राई, सुवना खड्का, जानकी कठायतको समूह दोश्रोे भएको छ । 

 

सोही प्रतियोगिताको छात्रर्फ प्रकाश बहादुर साउँद, थानेश्वर प्रसाद पाण्डे, शिवराज न्यौपाने, ललिता टमाटा, अनिल थापा र समीर गैह्रैको समूह प्रथम भएको छ । त्यसैगरी मुकेश सञ्जेल, टेक बहादुर थापा मगर, उत्सव श्रेष्ठ, अरुण तिवारी, आयुहाङ्ग राई र सागर राईको समूह द्वितीय भएको छ । लामो दौड प्रतियोगितामा छात्रातर्फ सुनिता साउँद, झरना राई र अप्सरा राई क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन् । छात्रतर्फ गौतम खडायत पहिलो, विशाल लिम्बू दोश्रो र सुजल सुनुवार तेस्रो भएका छन् । 

म्युजिकल चेयर प्रतियोगिताको छात्रातर्फ रेनुमाया श्रेष्ठ, निली श्रेष्ठ र सुजा श्रेष्ठ क्रमशः पहिला, दोश्रो र तेस्रो भएका छन् । छात्रतर्फ टेक बहादुर थापा मगर पहिलो , सुदीप श्रेष्ठ दोश्रो र सन्तोष कार्की तेश्रो भएका छन् । कार्यक्रम पौष १६ गतेसम्म सञ्चालन हुनेछ ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

१ दिन अघि

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

असार ३१, २०८२

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन