कानुन

पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी


erastriya बिहीबार, पुस ११, २०८१

गण्डकी, ११ पुस : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा गराइएकामा प्रतिवादी लीला पछाइको बयान जारी रहेको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको बयान मङ्गलबार सकिएपछि सोही दिनदेखि पछाइको बयान सुरु गरिएको थियो । बुधबार सार्वजनिक बिदाका कारण बयान रोकिएपछि आजदेखि पुनः उहाँको बयान सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । 

 जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा उक्त मुद्दाका प्रतिवादीहरुको बयान भइरहेको हो । पछाइको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताउनुभयो । 

 सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरुको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । 

 गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । 

 लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । 

 उहाँमाथि कास्कीसहित अन्य जिल्लामा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ । नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् l 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक
संविधान कार्यान्वयनमा सरकार प्रतिबद्धः गृहमन्त्री लेखक

मंसिर २९, २०८१

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

मंसिर २१, २०८१

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

मंसिर १८, २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

मंसिर १३, २०८१

ताजा अपडेट

  • भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

    भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु