अन्तर्राष्ट्रिय

पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता


erastriya मंगलबार, पुस ०९, २०८१

पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको छ ।

जियो न्यूजको कार्यक्रममा बोल्दै सरकारी समितिका सदस्य सिनेटर इरफान सिद्दिकीले भन्नुभयो,“जनता देशमा अराजकता र आर्थिक अस्थिरताभन्दा पनि शान्ति र लोकतान्त्रिक मान्यता चाहन्छन् । न्यायिक मामिलामा सरकारको कुनै सरोकार छैन ।”

दुवै समितिको आपसी परामर्शमा आगामी माघ २ गते वार्ता हुने उहाँको भनाइ छ । सिद्दिकीले वार्ता प्रक्रियालाई निरन्तरता दिन दुवै समितिको पुनः बैठक हुने बताउनुभयो । दुवै पक्षले वार्तामा बाधा पु¥याउने सार्वजनिक अभिव्यक्तिबाट जोगिन सहमत भएको पनि पुष्टि उहाँले गर्नुभयो । “हामी वार्ताको तार्किक निष्कर्ष चाहन्छौं । हामीले उनीहरूलाई पीटीआईलाई माग बडापत्रको रूपमा प्रस्तुत गर्न भन्यौं,” उहाँले थप्नुभयो । यद्यपि, सिद्दिकीले यस प्रारम्भिक चरणमा वार्ताको नतिजाको बारेमा कुनै पनि वाचा गर्नबाट बच्न सावधानी अपनाए । उहाँले सरकारले तत्काल आश्वासन दिन सक्दैन तर पीटीआईका मागहरू लिखित रूपमा प्रस्तुत गरेपछि विचार गर्नेछ ।

 

“संवैधानिक र कानुनी विषयमा जानकार वरिष्ठ सदस्य सम्मिलित सरकारी समितिले पूर्व सत्तारुढ दलको माग बुझेर विकल्पमा छलफल गर्नेछ,” उहाँले भन्नुभयो ।

मजलिस वाहदत–ए–मुस्लिमिनका प्रमुख सिनेटर राजा नासिर अब्बासले पनि वार्तामा आफ्नो विचार राख्नुभयो । सोही कार्यक्रममा बोल्दै अब्बासले जारी वार्ताप्रति आशावादी रहेको बताउनुभयो । निवर्तमान सरकारले बोलाएको बैठकमा धेरै सकारात्मक कुराहरु देखेको छु । उहाँले पीटीआई वार्ता समिति गठनको प्रशंसा गर्दै सरकारले आफ्नै वार्ता समिति गठन गर्न ढिलाइ गरेको भन्दै आलोचना गर्नुभयो । अब्बासले पाकिस्तानको राजनीतिक विवादलाई सम्बोधन गर्न यी वार्ताहरूले प्रदान गरेको अवसरको पूरा फाइदा लिन पनि सरकारलाई आग्रह गर्नुभयो । बैठकमा उपप्रधानमन्त्री इशाक दार, प्रधानमन्त्रीका सल्लाहकार राणा सनाउल्लाह र सिनेटर इरफान सिद्दिकीलगायतका प्रमुख व्यक्तित्वहरू सहभागी थिए । विपक्षी तर्फबाट राष्ट्रिय सभाका पूर्व सभामुख असद कैसर, सुन्नी इत्तेहाद परिषद्का अध्यक्ष साहिबजादा हमिद रजा र एमडब्ल्यूएमका राजा नासिर अब्बासले प्रतिनिधित्व गरेका थिए ।

 

पहिलो चरणको छलफलपछि पीटीआईले आफ्ना मागहरु सरकारी समितिमा लिखित रुपमा बुझाउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

२ घण्टा अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१७ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१ दिन अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु