भनिन्छ एक अर्काको जुठो खाएमा प्रेम बढ्छ। प्रायः हाम्रो घरहरूमा पनि परिवारका सदस्यहरू एक अर्कासँग प्लेटहरू साझा गरेर जुठो खाने गरेको पाइन्छ ।
तर के तपाईंलाई थाहा छ जुठो खाएर माया त बढ्छ तर यो मात्रै होइन एक अर्काको जुठो खाने गर्नाले धेरै रोगको खतरा पनि बढ्छ ।
यसले स्वास्थ्यमा गम्भीर क्षति पु¥याउन सक्छ। स्वास्थ्य विज्ञहरूले पनि कसैको जुठो नखान सल्लाह दिन्छन्। यसले स्वास्थ्यमा गम्भीर हानी पु¥याउने उनीहरुको भनाइ छ । थालमा खाना खाँदा के–कस्ता बेफाइदा हुन्छ जानौँ ।
एउटै थालमा एक अर्काको खाना खाँदा संक्रमण फैलिने खतरा हुन्छ। कुनै पनि रोगबाट संक्रमित व्यक्तिको जुठो खाँदै हुनुहुन्छ भने खतरनाक हुनसक्छ। रुघाखोकी,फ्लू वा ग्यास्ट्रोइंटेस्टाइनल जस्ता संक्रमण भाँडोमा खाँदा सजिलै सर्न सक्छ। त्यसैले भूलवश पनि बिरामीसँग एउटै थालमा खाना खानु हुँदैन ।
अरूको थालमा खाना खाँदा त्यो सफा छ वा छैन वा खाना खुवाउने व्यक्तिले भाँडाकुँडाहरू कति सफासँग प्रयोग गरिरहेको छ भन्ने थाहा हुँदैन ।
जसका कारण खानामा ब्याक्टेरिया वा भाइरस आउन सक्छ। सरसफाइको अभावमा कीटाणुहरू पेटमा प्रवेश गर्न सक्छन्, जसले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ ।
प्रतिकिर्या