अन्तर्राष्ट्रिय

२०५५ साल देखी नेपाल मा सुन तस्कर गर्ने नाईके हरु


erastriya आइतबार, साउन १४, २०८०

 नेपालमा नाम चलेका नामुद व्यापारी तथा उद्योगपतिहरू संसद्‌ले गठन गरेको संयुक्त समितिको अनुसन्धानको घेरामा परी ‘राजस्व चुहावट र तस्करीमा संलग्न व्यक्तिहरूको विवरण’ मा उल्लिखित छन् भन्दा अचम्म लाग्ला ।

गत साता एक क्वीन्टलभन्दा बढी सुनसहित पक्राउ परेपछि यतिखेर तत्कालीन सांसद परी थापाको प्रतिवेदन ‘राजस्व चुहावटको छानबिनसम्बन्धी संसदीय संयुक्त समितिको प्रतिवेदन, २०५५’ चर्चामा छ ।

 

विमानस्थलबाट अवैध सुनको आयात, राजस्व चुहावट अत्यधिक भएपछि तत्कालीन प्रतिनिधि सभा बैठकमा हल्लीखल्ली मच्चिएको र राष्ट्रिय सभाबाट समेत प्रतिनिधित्व हुने गरी उक्त संयुक्त समिति २०५५ वैशाख २२ गते गठन भएको थियो ।

तत्कालीन प्रतिनिधि सभा सदस्य परी थापाको सभापतित्वमा गठित उक्त समितिमा नेपाली कांंग्रेसबाट डा. गंगाधर लम्साल र रमेश रिजाल, एमालेबाट खगराज अधिकारी र युवराज ज्ञवाली, राप्रपाबाट चन्दा शाह र डा. मोहम्मद मोहसिन, मालेबाट टंक राई र नेमकिपाबाट नारायणमान विजुक्छे सदस्य थिए ।

समितिले अध्ययन, विश्लेषण, छानबिन गरी प्रतिवेदन तयार गर्दा समितिको बेठक ७४ पटक बसी जम्मा १२५ घण्टा व्यतीत गरेको थियो ।  सोही प्रतिवेदनमा अहिले नाम चलेका नेपालका व्यापारीहरूको नाम पनि ‘राजस्व चुहावट र तस्करीमा संलग्न’ भनी उल्लेख छ ।

क. राजस्व अनुसन्धान विभागबाट प्राप्त अवैध निकासी पैठारी गरी राजस्व चुहावट कार्यमा संलग्न भनी नियमित आइरहने व्यक्तिहरूको विवरण :
- अनिल जाटिया
- प्रकाश बेगानी
- शंकर गोल्यान
- आई.एल. प्रधान (विदेशी मुद्रामा कारबाही अदालतमा चलाइएको)
- टेकबहादुर गुरुङ (विदेशी मुद्रामा कारबाही अदालतमा चलाइएको)
- जमीम शाह
- ताहिर शाह
- दीपक मल्होत्रा
- प्रकाश टिवडेवाला
- विष्णु जोशी
- धोजेन्द्र गौचन
- विष्णु गौचन
- छविलाल भुषाल
- अशोक सुरेखा
- हरि न्यौपाने
- दीपक स्वाँर

ख) बेनामी कारोबार गर्नेहरूको विवरण (स्रोत : राजस्व अनुसन्धान विभाग)
- आनन्दकुमार अग्रवाल, ब्राइटर इण्डष्ट्रिज प्रा.लि.
- प्रकाशकुमार टिवडेवाला, रोयल ग्रीन इन्टरनेशनल
- मदनप्रसाद सरावगी,  विसाखा कार्पेट प्रालि
- अनिलकुमार शर्मा, शर्मा श्री इन्टरप्राइजेज
- गौरीशंकर खनाल, निमेश ट्रेड प्रा.लि.
- रमेश अग्रवाल, आर.के. इम्पेक्स
- हरि अग्रवाल, पदम ट्रेडिङ

. राजस्व चुहावट र तस्करी कार्यमा संलग्न भएको र हुन सक्ने भएका मुख्य मुख्य फर्म तथा व्यक्तिहरूको विववरण (स्रोत : राष्ट्रिय अनुसन्धान विभाग)
- आनन्द अग्रवाल- ब्राइटर कार्पेट, ब्राइटर फोम इण्डष्ट्रिज
- प्रकाश टिवडेवाला- प्रकाश फोमका सञ्चालक, कामनपा ३१
- मदन प्रसाद सरागवी- विसाखा गार्मेन्ट, कामनपा २३
- हरिशंकर खनाल- जनकपुर नपा–९, कामनपा–७, मैजुबहाल
- हरि अग्रवाल- पदम ट्रेनिङ प्रा.लि., विराटनगर
- वनवारी लाल मित्तल– काठमाडौँ, मित्तल एण्ड कम्पनी
- चौथमल जटिया, निरञ्जन जटिया- अन्नपूर्ण टेक्सटायल
- सुवास संघाई-, अन्नपूर्ण भेजिटेबल, त्रिवेणी सिन्थेटिक
- जगदीश अग्रवाल- विशाल इन्टरप्राइजेज, विराटनगर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !
चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

असार २९, २०८२

अफ्रिकाको उत्तर कोरिया बन्दै माली !
अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

असार २८, २०८२

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक
एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

असार २८, २०८२

अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प
अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प

असार २३, २०८२

ताजा अपडेट

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड