कानुन

मेडिकल माफिया सुनिल शर्माको डाक्टरको सर्टिफिकेट नै नक्कली


erastriya शनिबार, साउन १३, २०८०

 

छोटो समयमा मेडिकल क्षेत्रमा आफनो वर्चश्व वनाउँदै गएका तिनै डाक्टरको योग्यताको सर्टिफिकेट भने नक्कली भएको आरोप लाग्ने गरेको छ।

नेपाल प्रहरीका अनुसार शर्माको आइएस्सी प्रमाण–पत्रमा कैफियत छ। ०७३ सालमा प्रहरीले नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ गर्ने अभियान चलाउँदा शर्मा फरार भएका थिए । 

वीरगञ्ज, जनकपुर, विराटनगरबाट डाक्टरहरू पक्राउ गर्दा शर्मा वेपत्ता भएका थिए । त्यतिबेला ब्युरोमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार उनलाई खोजी गर्दा समेत फेला परेका थिएनन्।

नोबेल सञ्चालक हुनुपूर्व शर्मा चीनका विश्वविद्यालयमा नेपाली विद्यार्थी ओसार्ने गर्थे। विद्यार्थी ओसार्दैगर्दा उनले नक्कली आइएस्सी प्रमाणपत्रकै आधारमा त्यतैबाट एमबिबिएस प्रमाणपत्र लिएको प्रहरीको दावी छ। उनका निकटवर्तीहरु पनि शर्माको एमबिबिएस शैक्षिक प्रमाण पत्रमा आशंका गर्छन । राज्यका निकायहरूले पनि उनको योग्यताको प्रमाण पत्रमा शंका गरिरहेका वेला उनी फरार हुनुले पनि त्यो कुराको पुष्टि गर्ने श्रोतको दावी छ ।

त्यसो त ०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनको नक्कली प्रमाण पत्रका विषयमा छानविन गरेको थियो । आयोगले उनलाई सो विषयमा बयान नै लिएको थियो। तर, शर्मा केही दिनमै अख्तियारवाट छुटेका थिए । ब्युरोको खोजीका क्रममा भने उनले तीन महिना देश नै छोडेको श्रोत वताउँछ ।

स्रोतका अनुसार शर्माको एसएलसी प्रमाण पत्रमै पनि शंका ब्यक्त गर्नु पर्ने आधार छन। उनले माद्यमीक शिक्षा मोरङ्गको लेटाङमा लिएका हुन । त्यहाँ एसएलसी फेल गरेपछि उनी कालीकोट पुगेर विद्यालय भर्ना भएका थिए । शर्मा त्यहिवाट एसएलसी प्रथम श्रेणीमा पास गरेको प्रमाण पत्र वोकेर फर्केका थिए । पढ्नमा खासै रुचि नभएका कारण शर्मा ठाउँ परिवर्तन गर्नासाथ प्रथम श्रेणीमा उत्तीर्ण भएको विषयमा उनीमाथि आशंका गर्ने गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

असार १८, २०८२

कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग
कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

असार १७, २०८२

रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश
रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश

असार ०३, २०८२

धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश
धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश

असार ०२, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…