समाचार

‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’


erastriya आइतबार, पुस ०७, २०८१

 

काठमाडौँ, ७ पुसः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै सचेत बन्न आग्रह गर्नुभएको छ ।

 

नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलाअन्तर्गत आज काउन्सिलमा भएको कार्यक्रममा उहाँले आधारहीन आरोप र पक्षधरताले सञ्चारमाध्यमकै बद्नाम हुने भएकाले तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

 

पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भए त्यसको नाममा आलोचना मात्रै गर्नु र सन्तुललन गुमाउनु मर्यादित पत्रकारिताविपरित भएको अध्यक्ष बस्नेतको भनाइ थियो । “पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगत्ले खेपिरहनुपरेको छ । त्यसैले अहिले आधारहीन आरोप नभई आलोचनात्मक पत्रकारिताको खाँचो छ”, उहाँले भन्नुभयो ।
 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्ने बताउनुभयो । प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण र लागू गराउने भएकाले पछिल्लो समय नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गर्ने काम सराहनीय र प्रभावकारी रहेको बताउनुभयो ।

 

विषयविज्ञ फूलमान बलले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भनेर चिन्ने गरिएकाले यसमा प्रश्न उठाउने काम पत्रकार आफँैले गर्न नहुने बताउनुभयो । नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक उहाँले राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक रहेको धारणा राख्नुभयो ।

 

अग्रज पत्रकार अरुण बरालले पत्रकारितामा आर्थिक सङ्कटसँगै सामग्री (कन्टेन्ट)को सङ्कट देखिएको उल्लेख गर्नुभयो । काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले पत्रकार आचारसहिंताअन्तर्गत काउन्सिलले जारी गरेका चार वटा निर्देशिका कार्यान्वयन गरेमा समाचार विवादरहित हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…