समाचार

सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः मन्त्री गुरुङ


erastriya आइतबार, पुस ०७, २०८१

 

काठमाडौँ, ७ पुसः सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताउनुभएको छ । आज हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै उहाँले यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

 

सूचना र प्रविधिको विकास गरी युवापुस्तालाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै उहाँले यसका लागि हुवावे जस्ता सूचना प्रविधिमा काम गरिरहेका संस्थाको साथ आवश्यक भएको धारणा राख्नुभयो । मन्त्री गुरुङले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिनुभयो ।

 

हुवावे दक्षिण एसियाका बोर्ड निर्देशक लिनहाईले हुवावेले नेपालमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै डिजिटल नेपालको अभियानमा आफू पनि सक्रिय रहेको बताउनुभयो । हुवावे नेपालका सिइओ ह्वाङ्गजुनले पछिल्ला केही वर्षयता नेपालमा सूचना प्रविधिको प्रयोग व्यापक भएको सुनाउनुभयो ।

 

त्यस अवसरमा यस वर्षको ‘सिड्स फर द फ्युचर’को समापन गर्दै ‘टेक फर गुड’ प्रतियोगितामा पिपुल च्वाइस अवार्डका विजेता पाँच जना नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

१ दिन अघि

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

असार ३१, २०८२

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन