अन्तर्राष्ट्रिय

फ्रान्सको सबैभन्दा शक्तिशाली आणविक उर्जा भट्टीद्वारा सेवा सुरु


erastriya शनिबार, पुस ०६, २०८१

फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा जोडेको छ । वर्षौंको ढिलाइ र प्राविधिक असफलताका बावजुद सञ्चालनमा आएको यो विद्युत उत्पादन गृहलाई ऐतिहासिक क्षणको रूपमा प्रशंसा गरिएको छ । 

नोर्मान्डीस्थित ‘फ्लाम्यानभिल थ्री युरोपियन प्रेसराइज्ड रिएक्टर’ले स्थानीय समय अनुसार शनिबार बिहान ११ः४८ बजे फ्रान्सेली घरहरूमा बिजुली उपलब्ध गराउन सुरु गरेको इडिएफ पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत लुक रेमोन्टले बताउनुभएको छ । 

राष्ट्रपति इमानुएल म्याक्रोँले एक्समा जारी गरेको वक्तव्यमा भन्नुभएको छ, “यो परियोजनाको सञ्चालन देशका लागि ऐतिहासिक क्षण’ हो । यो विश्वको सबैभन्दा शक्तिशाली आणविक रिएक्टरमध्ये एक हो ।”

“कम कार्बन ऊर्जा उत्पादन गर्न पुनः औद्योगीकरण वातावरणका लागि फ्रान्सेली शैली हो,” उहाँले थप्नुभयो । 

नयाँ पुस्ताको प्रेसराइज्ड वाटर रिएक्टर (ईपीआर) विश्वको कुनै पनि स्थानमा सम्पन्न भई सञ्चालनमा आएको चौथो परियोजना हो ।

ईडीएफका प्रमुख रेमोन्टले यसलाई ‘ऐतिहासिक’ बताउनुभएको छ । 

“फ्रान्सले २५ वर्षअघि सिभाक्स २ मा रिएक्टर निर्माण सुरु गरेको थियो,” दक्षिणपश्चिमी फ्रान्सको सिभाक्स पावर प्लान्टलाई सङ्केत गर्दै उहाँले भन्नुभयो । 

यो एक हजार ६०० मेगावाटको देशकै सबैभन्दा शक्तिशाली रिएक्टर हो र यसले २० लाखभन्दा बढी घरहरूमा बिजुली आपूर्ति गर्नेछ । 

यो परियोजना सञ्चालन प्राविधिक असफलताहरूको अधिकता पछि निर्धारित समय भन्दा १२ वर्ष पछि आएको छ र यसले परियोजनाको लागत प्रारम्भिक ३.३ अर्ब यूरोकोे अनुमानभन्दा चार गुणा बढी अर्थात् १३.२ अर्ब यूरोमा पुगेको छ ।

सेप्टेम्बर ३ मा सञ्चालन गरिएपनि एक दिनपछि ‘स्वतः आफै बन्द’ भएका कारण परियोजना थप समय अवरुद्ध हुनपुगेको थियो तर थप केही हप्ताको प्रविधिक कामपछि यसलाई शनिबारदेखि सञ्चालनमा ल्याइएको हो । 

रिएक्टरलाई विद्युत् सञ्जालमा जोड्नका लागि क्रमशः उत्पादन वृद्धि गरिएको छ ।

आणविक ऊर्जाले फ्रान्सको ऊर्जा उत्पादनको पाँचभागको करिब तीन भाग ओगटेको छ र यो फ्रान्समा निर्मित विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा कार्यक्रमहरू मध्ये एक हो ।

म्याक्रोँले फ्रान्सको ऊर्जा स्थायित्व बढाउन छ वटा इपिआर र दुई रिएक्टरको माग गरेर आणविक शक्ति बढाउने र थप आठ वटा विकल्पहरू बिछ्याउने निर्णय गर्नुभएको छ । यसको लागि अर्बौं यूरो लागत लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१५ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

२२ घण्टा अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

ताजा अपडेट

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…