मनोरञ्जन

आफूलाई वास्ता नगरेको भन्दै कार्यकक्षमै हाकिम लाई मुक्क प्राहार


erastriya शुक्रबार, साउन १२, २०८०

 

एकाएक शाखा प्रमुख रावतमाथि बुढाथोकीले मुक्का बर्साए। 

‘मलाई एकाएक ६ पटक जति टाउकोमा मुक्काले प्रहार गर्नु भयो,’ रावतले भने, ‘एक दुई पटक अनुहारमा प्रहार गर्दा मेरो चश्मा झरम्मै फुट्यो।’

बुढाथोकीको आक्रमणबाट टाउकोमा टुटुलो उठेको, एउटा आँखामा निलडाम बसेको र शरीरका अन्य भागमा पनि चोट लागेको शाखा प्रमुख रावतले बताए। 

बुढाथोकीले आफूलाई किन आक्रमण गरे भन्नेबारे शाखा प्रमुख रावतले भेउ पाउन सकेका छैनन्, उनीहरूका बीचमा सौहार्द र निकट सम्बन्ध जो थियो। 

‘म वार्षिक समीक्षा कार्यक्रमको प्रस्तुतिका लागि वार्षिक प्रगति विवरण बनाउन तल्लीन थिएँ,’ रावतले भने, ‘यदि उहाँलाई औषधी नै चाहिएको भए पनि म व्यस्त छँदा औषधी दिने अरू कर्मचारी साथीहरू हुनुहुन्थ्यो। तर एक्कासि आफूले सम्मान गर्ने व्यक्तिबाट किन आक्रमण भयो मैले बुझ्नै सकेको छैन।’

शाखा प्रमुख रावतमाथि कार्यकक्षमै कुटपिट हुँदा अन्य कर्मचारी पनि साथमै थिए। अरू पनि अक्कवक्क परे। हल्ला खल्ला भयो। कसैले प्रहरीलाई खबर गर्‍यो। नजिकको प्रहरी आएर तत्कालै बुढाथोकीलाई नियन्त्रणमा लियो। 

बिनाकारण पशु शाखा प्रमुखलाई कार्यकक्षमै आक्रमण गर्ने बुढाथोकीलाई इलाका प्रहरी कार्यालय लुहाममा लगेर हिरासतमा राखिएको छ। 

पीडित शाखा प्रमुख रावतले बिहीबार प्रहरीमा पुगेर आफूमाथि आक्रमण गर्ने बुढाथोकीविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएको इप्रका लुहामका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर बोहराले सेतोपाटीलाई बताए। 

प्रहरी हिरासतमा रहेका बुढाथोकीले आफू गाउँ घरकै भाइ तथा पशु शाखा प्रमुख रावत छ भनेर भेट्न भनेर गएको तर आफूलाई त्यहाँ पुग्दा वास्ता नगरेको जस्तो लागेपछि रिस उठेका कारण कुटपिट गरेको कुरा प्रहरीसमक्ष बयान गरेको प्रहरी निरीक्षक बोहराले बताए। 

‘म गाउँ घरको साथीभाइ छ भनेर सम्झिएर उसकै कार्यालयमा भेट्न जाँदा ऊ राम्रोसँग बोल्न पनि बोलेन र उता फर्किहाल्यो,’ बुढाथोकीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक बोहराले भने, ‘उसले मलाई वास्तै नगरेको जस्तो मलाई महसुस भएपछि रिस उठेको हुँदा आफूलाई सम्हाल्न नसकेर कुटपिट गरेको हुँ।’

रावतमाथि कार्यकक्षमै बिनाकारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्। 

शाखा प्रमुख रावत उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

जेठ २०, २०८२

ताजा अपडेट

  • आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा छोरी

    आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा…

  • मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

    मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण म…

  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्त…

  • टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

    टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

  • ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं

    ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य…

  • काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

    काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

  • सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

    सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी …

  • इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि विवरण संकलन शुरु

    इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि वि…