समाचार

पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने


erastriya शुक्रबार, पुस ०५, २०८१

 

बागमती, ५ पुसः हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

 

उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । “उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।”

 

उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उहाँले बताउनुभयो । “हामीसँग कच्चापदार्थको कुनै अभाव छैन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ ।”

 

थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उहाँको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

 

धेत्रेदमार र गोदामडाँडा सडकमा झोलुङ्गे पुल मकवानपुरको बकैया गाउँपालिका–१२ को धेत्रेदमार र गोदामडाँडालाई सडक सञ्जालमा जोड्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।

 

गाउँपालिकाको समन्वयमा दातृ निकाय इस्थर बेन्जामिन स्मृति संस्थाको रु ४० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको सो झोलुङ्गे पुलको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले शिलान्यास गर्नुभयो ।

 

धेत्रेदमार र गोदामडाँडा सडकमा पुल नहँुदा खासगरी वर्षायामको समयमा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । झोलुङ्गे पुल निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन् । “पुल नहुँदा हामीलाई आवतजावत गर्न असाध्यै समस्या भइरहेको थियो”, स्थानीय सुदिप अधिकारीले भन्नुभयो, “झोलङ्गे पुल निर्माण भएपछि वर्षांैदेखि समस्या भोग्दै आएको समस्याबाट मुक्ति पाउने विश्वास लिएका छौँ ।”

 

झोलुङ्गे पुलले आवतजावतमा सहजता मात्र नभइ यस क्षेत्रको आर्थिक विकासमा पनि टेवा पुग्ने उहाँको भनाइ छ । गाउँपालिकाले विकासमा सबै नागरिकको पहुँच पु¥याउन सडक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको गाउँपालिका अध्यक्ष लामिछानेले बताउनुभयो । आगामी दुई महिनाभित्र पुलको निर्माणको काम सकिने गरी ठेक्का सम्झाता भएको उहाँले बताउनुभयो ।

 

सो झोलङ्गे पुल ९० मिटर लम्बाइको हुने छ । झोलुङ्गे पुल निर्माण भएपछि धेत्रेदमार, गोदामडाँडा र आसपासका क्षेत्रका स्थानीय लाभाम्बित हुने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

असार ३१, २०८२

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन