शिक्षा

‘विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्ने’


erastriya बिहीबार, पुस ०४, २०८१

 

पाटन (ललितपुर), ४ पुसः सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताउनुभएको छ ।

 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा आज यहाँ संयुक्त रूपमा अयोजना गरेको गोष्ठीमा उहाँले ती विधेयक सङ्घीय शासन प्रणालीको सफल कार्यान्वयनका निम्ति अपरिहार्य छन् भन्नुभयो ।

सभामुख घिमिरेले सङ्घीयता प्रारम्भ भएसँगै तीन तहका सरकारको कार्यक्षेत्र संविधानले तोकेको, राजनीतिक, प्रशासनिक तथा आर्थिक अधिकारहरूको बाँडफाँट भए अनुरूप तीन वटै तहले नीति निर्माण तथा तिनको कार्यान्वयन गर्दै मुलुकको दिगो विकासका साझा उद्देश्य प्राप्तिमा काम गरिरहेका बताउनुभयो ।

सङ्घीयतासँग सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उहाँले संविधान कार्यान्वयनको एक दशक पुग्न लागेको सन्दर्भमा संविधान पुनरावलोकनको आवश्यकताबारे विचार–विमर्श हुनु स्वभाविक भएको टिप्पणी गर्नुभयो ।

सभामुखले संविधानलाई जीवन्त र समय–सान्दर्भिक बनाइराख्न संवैधानिक र कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक भएको विचार व्यक्त गर्नुभयो । “सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्यक, समुदायहरूलाई सम्बोधन हुनेगरी विकास तथा सेवा प्रवाहको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

मुख्यसचिव एकनाराण अर्यालले मुलुकको सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य प्राप्तिका लागि सबै मिलेर सकारात्मक पक्षलाई अवलम्बन गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संविधानको मर्म अनुरुप निजी क्षेत्रलाई समेटेर सहकार्य गर्नेगरी व्यवस्था गर्नुपर्ने विचार राख्नुभयो ।

 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले संविधान बनाउँदा लिइएका खुला बजार र तीन खम्बे नीतिका विषयमा छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान समयमा निजी क्षेत्रलाई पनि समेटेर आर्थिक समृद्धि हासिल हुने किसिमका नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष डा राजन खनालले सरकारले गर्ने काममा विभिन्न प्राज्ञिक संस्थाहरू र अध्ययन अनुसन्धानमा क्रियाशील संस्थाहरूबीच छलफलको माध्यमबाट प्रशासनिक सुधार र सुशासन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो । आजदेखि सुरु भएको गोष्ठी शुक्रबार समापन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

असार ३१, २०८२

शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं
शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

असार ३०, २०८२

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

असार १६, २०८२

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन