राजनीति

‘कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता’


erastriya आइतबार, मंसिर ३०, २०८१

 

काठमाडौँ, ३० मङ्सिरः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले विधिको शासन स्थापन गर्ने अभियानमा लागेको बताउनुभएको छ ।

 

आज काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरमा नेपाली कांग्रेसको एक सय दिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधिअनुसार सरकार सञ्चालन हुने भन्दै कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस विधिको शासन स्थापन गर्न सदैव सक्रिय भएकाने लागेको पार्टी हो । विधि विपरीतको काम हामीले कल्पना पनि गर्दैनौँ ।”

 

उपप्रधानमन्त्री सिंहले सम्पूर्ण काम कानुनी प्रक्रिया र विधि अनुसार हुने सन्दर्भलाई कार्यकर्ताले राम्रोसँग बुझेर पार्टीलाई बलियो बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

 

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री सिंहले पार्टीका संरचनाले आ–आफ्नो तहमा जिम्मेवार भएर काम गर्नुको विकल्प नरहेको बताउनुभयो । “सङ्गठनलाई कमजोर बनाउनु हुँदैन । जनप्रतिनिधिले पनि नागरिकमैत्री कार्यसम्पादन गर्नु जरुरी छ । बोल्ने भन्दा पनि काम गरेर नतिजा देखाउने गरी सबै अघि बढ्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

 

उपप्रधानमन्त्री सिंहले आफू हरेक बिहीबार बिहान नियमित रूपमा बानेश्वरस्थित सम्पर्क कार्यालयमा आउने बताउँदै यस क्षेत्रका केही समस्या भए निर्धक्कसँग राख्न स्थानीयसँग आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

१२ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

असार २३, २०८२

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

असार २३, २०८२

ताजा अपडेट

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …