अन्तर्राष्ट्रिय

लिम्पियाधुरा नेपालकै भएको नक्सा भेटियो अमेरिका र बेलायतमा


erastriya शनिबार, साउन ०६, २०८०

अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ ´। यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ । यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार काली नदी सीमा नदी भएकोले त्योभन्दा पूर्व नेपाल र पश्चिम भारत हो ´।

नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । यो नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो ।१८५६ को नक्सा : ब्रिटिस म्युजियम लाइब्रेरी, लन्डन : यो नक्सा बेलायतको लन्डनस्थित ब्रिटिस म्युजियम लाइब्रेरीको इन्डिया अफिस रेकर्ड, म्याप कलेक्सन सेफमार्क नम्बर IOR.X/2996/1 मा संग्रहित छ´ । तर, १८७९ मा ब्रिटिस भारतले अर्को नक्सा निकाल्यो जसमा कार्टोग्राफिक संकेत चिह्नबाट नेपाली भूमि कुटी, नाभी र गुन्जीलाई भारतमा पार्यो´।

अझ, वर्तमान भारतले त लिपुखोलाभन्दा यता आएर कालापानी पनि कब्जा गरेको छ । गत २ नोभेम्बरमा भारत आफैँले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट आएको नदीलाई काली नदी भनिएको छ । तर, त्यसको ६ दिनपछि काली लेखेको मेटिएर नयाँ नक्सा सार्वजनिक गरियो ´। सीमाविद्को सीमाहीन खुसीचीन, बेलायत र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए ।बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ´।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !
चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

असार २९, २०८२

अफ्रिकाको उत्तर कोरिया बन्दै माली !
अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

असार २८, २०८२

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक
एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

असार २८, २०८२

अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प
अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प

असार २३, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन