राजनीति

राप्रपा अध्यक्ष लिङ्देनले १४ वर्षे बालकलाई पार्टी प्रवेश गराए,


erastriya बुधबार, साउन ०३, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्कुले बालबालिकालाई पार्टीमा प्रवेश गराएका छन् । ३० असारमा राप्रपा मोरङ क्षेत्र नम्बर ३ (ख) ले विराटचोकमा गरेको कार्यक्रममा लिङ्देनले दुई नाबालक र एक किशाेरीलाई अबिर लगाएर पार्टीमा भित्र्याएका हुन् ।

लिङ्देनकाे हातबाट अबिर-खादा लगाएर राप्रपामा प्रवेश गरेका विराटनगरका १४ वर्षे बालक ९ कक्षामा पढ्छन् । एक समारोहका बीच लिङ्देनले अन्य केही किशाेर-किशोरीलाई पार्टीमा प्रवेश गराएको  देखिन्छ ।

गत शनिबार विराटचोकमा भएको ‘राप्रपा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम’मा बालबालिकालाई अध्यक्ष लिङ्देनले नै खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।  

बालअधिकारकर्मी राजेश शर्माका अनुसार, १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक उद्देश्यले प्रयोग गर्नु बालबालिकाविरुद्धको कसुर हो । बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ र ६६ मा यससम्बन्धी प्रस्ट व्यवस्था छ ।

दफा ७ को उपदफा (७) मा बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने उल्लेख छ । यस्तै, दफा ६६ को उपदफा (२) काे खण्ड (छ) मा भनिएको छ, ‘राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा, हडताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्यलाई बालबालिकाविरुद्धको कसुर गरेको मानिनेछ ।’ यस्तो कसुर गर्नेलाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद सजाय यो ऐनले तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

१ दिन अघि

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?
रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

असार १९, २०८२

रास्वपाको सचिवालयको बैठक बस्दै
रास्वपाको सचिवालयको बैठक बस्दै

असार १९, २०८२

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

असार १७, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…