अर्थ/बाणिज्य

पाँच दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो


erastriya बुधबार, मंसिर २६, २०८१

 

काठमाडौँ, २६ मङ्सिरः पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो ।

 

परिसूचक बढेपनि कारोबार रकम भने रु पाँच अर्बमा खुम्चिएको छ । आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

 

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ ।

 

जीवन बिमा समूह एक दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव ४२, निर्जीवन बिमा एक दशमलव शून्य तीन, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव ५७ प्रतिशतले बढेको हो ।

 

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ ।

 

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

४५ मिनेट अघि

नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार
नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार

पुस १७, २०८१

नेप्से परिसूचक १४ अङ्कले बढ्यो
नेप्से परिसूचक १४ अङ्कले बढ्यो

पुस ०९, २०८१

नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो
नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

मंसिर १९, २०८१

ताजा अपडेट

  • राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री

    राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री

  • बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी

    बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी

  • उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि प्योङयाङले रूससँग सहकार्य गरेको ब्लिन्केनको भनाइ

    उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि प्योङयाङले रूससँग सहकार्य गरेको ब्लिन्केनको भनाइ

  • तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ

    तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

    एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

  • विपन्न परिवारका लागि घर निर्माण

    विपन्न परिवारका लागि घर निर्माण

  • शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

    शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

  • भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

    भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण