समाचार

विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग


erastriya बुधबार, मंसिर २६, २०८१

 

महोत्तरी, २६ मङ्सिरः बर्दिबासस्थित पद्मशम्शेर स्मृति प्रतिष्ठान र बर्दिबास हेल्प फाउन्डेसन तथा स्थानीय तहमा क्रियाशील विभिन्न वित्तीय संस्थाले सञ्चालन गरेका शैक्षिक सहयोगका कार्यक्रमबाट नगर क्षेत्रका विपन्न वर्गका ६६ विद्यार्थीले अध्ययनको अवसर पाएका छन् ।

 

प्रतिष्ठानको सहयोगमा ३३ जना चारवर्षे र २४ जना तीनवर्षे प्राविधिक डिप्लोमा एवं नौ जना शिक्षा तथा वाणिज्य सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत छन् । आफ्ना मातापिताको स्मृतिमा २०७७ सालमा स्थानीय विष्णु खड्काले प्रतिष्ठान स्थापना गरी सोही वर्षदेखि विपन्न परिवारका छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था गर्नुभएको हो ।

 

यसैगरी बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयबाट २०४९ सालमा प्रवेशिका परीक्षामा सामेल भएका पूर्वविद्यार्थीले बर्दिबास हेल्प फाउन्डेसन स्थापना गरेर सोही वर्षदेखि सडक मानव र आश्रयविहीनलाई खाजा र खानाको व्यवस्था गर्नाका साथै २०७८ सालदेखि नगर क्षेत्रका विपन्न परिवारका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । हालसम्म उक्त संस्थाबाट ३० जनाले छात्रवृति पाएका छन् ।

 

यसैगरी सानिमा बैंकले पनि दुई जनालाई स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । हालसम्म उक्त बैंकबाट छ जना लाभान्वित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…