कानुन

प्रचण्ड काे फोटो एडिट गरी सामाजिक सञ्जाल मा राख्ने एमाले कार्यकर्ता पक्राउ


erastriya सोमबार, साउन ०१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलका एक युवकलाई पक्राउ गरेको छ ।

बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेला समेत लिएर असंवेदनशील पोस्ट गरेका थिए ।

ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाइ इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।

आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार टोलीले काठमाडौं लगेको छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

१७ घण्टा अघि

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

मंसिर १८, २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

मंसिर १३, २०८१

रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने
रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

मंसिर ०९, २०८१

ताजा अपडेट

  • एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने

    एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने

  • सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

  • सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

    सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

  • कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

    कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

  • सुनको  मूल्य घट्यो

    सुनको मूल्य घट्यो

  • दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

    दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

  • बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

    बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

  • प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा

    प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा