राजनीति

रास्वपामा रवि र स्वर्णिम बीच पदका लागि मध्यरातमा हानाहान


erastriya आइतबार, असार ३१, २०८०

पुराना दलको विकल्पका रुपमा उभ्याएर आगामी निर्वाचनमा वुहमत जुटाउने दावी गरिरहेका रवि लामिछानेको पार्टीमा पुराना पार्टीको भन्दा अस्वस्थ टकराव देखिन थालेको छ। 

स्थापना भएको ६ महिनाभित्र प्रतिनिधि सभामा २० सिट जितेको रास्वपाभित्र अहिले सभापति रवि लामिछाने र सांसद डा. स्वर्णिम वाग्लेबीच शक्तिको लडाँइ सुरु भएको चर्चा छ। अर्कोतर्फ जिल्ला तहमा नेता कार्यकर्ता हानाहानमा उत्रिएका छन्।

रुपन्देहीमा रास्वपाका दुई गुटमा हानाहान भएको छ। गत वुधवार राती पार्टीको सैनामैना नगर समितिको कार्यालयमै दुई पक्षिय कार्यकर्ताको कुटाकुट भएको जनाईएको छ। मंसिरमा हुन लागेको अधिवेशनमा कस्ले नेतृत्व गर्ने भन्ने विषयमा त्यहाँ विवाद देखिएको छ।

पार्टी स्थापना समयदेखि पार्टीमा आवद्ध कार्यकर्ताको सदस्यता खारेजी गरेको भन्दै सुरु भएको विवाद कुटपिटमा पुगेको जनाईएको छ। लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही २ का क्षेत्रीय सदस्य विक्रम तिवारीसहितले गत बुधवार राति आफुहरुलाई पार्टी कार्यालयमै बोलाएर कुटपिट गरेको सैनामैना ¥यापिड एक्सन टिम संयोजक दामोदर खत्रीले दावी गरे।

तिलोत्तमा नगरपालिका–१७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयका शिक्षक समेत रहेका जिल्ला संयोजक ले पार्टीमा गटवन्दी गरेको र विधान अनुसार पार्टी चलाउँ भन्दा कुटपिट गरेको आरोप उनले लगाए।

कुटपिट आरोपपछि रास्वपा जिल्ला संयोजक ज्ञवालीले भने खत्री पार्टीमै नरहेको जिकिर गरे। पार्टीमै नरहेका व्यक्तिले कार्यालयमा आएर हुलदंगा गरेपछि प्रहरीमा उजुरी दिएको उनको भनाई छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु
अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

२ घण्टा अघि

माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन
माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

६ घण्टा अघि

सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या
सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

१ दिन अघि

मन्त्रि परिषदको निर्णय सार्बजनिक
मन्त्रि परिषदको निर्णय सार्बजनिक

१ दिन अघि

ताजा अपडेट

  • अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

    अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृह…

  • मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किमी लामो हुने

    मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किम…

  • ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्'

    ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि…

  • माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

    माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्…

  • सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना

    सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिए…

  • संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म चलिरहेछ निरन्तर

    संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म च…

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

  • कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

    कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अ…