समाचार

परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी


erastriya मंगलबार, मंसिर २५, २०८१

 

देउखुरी (दाङ), २५ मङ्सिरः दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी समूहिक खेती गरेर आम्दानी गर्न थालेका छन् ।

तुलसीपुर–१६ का सीता चौधरी सो सहकारीको कोषाध्यक्ष हुनुहुन्छ । उहाँ पूर्वकमलरी हुनुहुन्छ । उहाँले कमलरी मुक्त भएपछि सहकारीमा आबद्ध भएर काम गर्दै आउनुभएको छ । सहकारीले प्रतिकट्ठा र तीन हजार वार्षिक भाडा दिने सर्तमा ३५ कट्ठा जमिन लिएको छ । सोही जमिनमा गत वर्षदेखि सहकारीले तिल्की धानखेती गर्न थालेको उहाँले बताउनुभयो । “सामूहिक रुपमा धानखेती गर्दा समयमा रोपाइँ हुन्छ, काट्न, दाउन पनि सबै सदस्य मिलेर गर्छौं”, उहाँले भन्नुभयो । गत वर्ष फलेको ५५ क्विन्टल धानमध्ये ५० क्विन्टल बिक्री गरेर गत वर्ष रु चार लाख आम्दानी भएको उहाँले बताउनुभयो । “अब गत वर्षको पाँच क्विन्टल धान मात्रै बाँकी रहेको छ, त्यो पनि माग आएको छ कुटाएर बिक्री गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “गत वर्ष धेरै जसो धान बिक्री भयो बाँकी चामल बनाएर बिक्री गरेका थियौँ ।” सोही सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले ४० किलो धानको बीउ निःशुल्क दिएको बताउनुभयो । “सोही धानको बीउ ३५ कट्ठा खेतमा रोपेको ६० क्विन्टल फल्यो”, उहाँले भन्नुभयो, “अन्य सामान्य धानभन्दा यो धान महङ्गोमा बिक्री हुने गरेको छ, अरू धान रु तीन हजार चार सयमा बिक्री हुन्छ ।” तिल्की धान रु आठ हजार प्रतिक्विन्टलमा बिक्री भइरहेको उहाँले बताउनुभयो । बाह्र क्विन्टल धान बिक्री गरेर रु ९६ हजार आम्दानी भइसकेको उहाँले बताउनुभयो । चामल रु १५ हजार प्रतिक्विन्टलमा बिक्री भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थामा रहेका पदाधिकारीले गत वर्ष परम्परागत तिल्की धानखेती गरेका थियौँ, राम्रो आम्दानी भएपछि यस वर्ष पनि निरन्तरता दिएका हौँ ।” गत वर्षभन्दा यस वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उहाँको भनाइ छ ।

चार सय ७० जना सदस्य रहेको सो सहकारीका सबै सदस्यले सामूहिक खेती गर्ने र बिक्री गरेको पैसा सहकारीमा जम्मा गर्ने गरेको अध्यक्ष चौधरीले बताउनुभयो । जैविक मल प्रयोग गरेर खेती गरेको उहाँले बताउनुभयो । चामल ढुवानीमा समस्या रहेको उहाँँले बताउनुभयो । चामल ‘ब्रान्डिङ’ गरेर लोगो राख्न पाए बिक्री गर्न सजिलो हुने उहाँको भनाइ छ । वडा र तुलसीपुर उपमहानगरपालिकासँग प्रशोधन तथा बजारीकारणको माग गरेको उहाँले बताउनुभयो । विसं २०७० असार १३ गते नेपाल सरकारले कमलरीलाई मुक्त घोषणा गरेको थियो । मुक्त भएपछि कमलरी सङ्गठित हुनुपर्छ भन्ने उद्देश्य लिएर मुक्त कमलरी विकास मञ्च नामको साझा संस्था स्थापना गरिएको थियो । मुक्त कमलरीले आर्थिक समाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम गरिरहेका छन् ।

सहकारीमा १४ हजार सात सय २१ सदस्य रहेका छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारीखेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो । उहाँले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरेर आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताउनुभयो । तुलसीपुर–१८ मा रहेको गन्यारी कृषि सहकारी संस्थाले दाङमा नमूना काम गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…