समाचार

दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु


erastriya मंगलबार, मंसिर २५, २०८१

 

दमौली (तनहुँ), २५ मङ्सिरः तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यहाँ पुल निर्माण हुन लागेको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बन्दीपुर–१ र भानु–१ भन्सारस्थित चुँदीखोलामाथि रहेको पुलको वैकल्पिक मार्गका रुपमा यहाँ पुल निर्माण सुरु भएको हो । भन्सारस्थित उक्त पुल साँघुरो रहेका कारण यहाँ फराकिलो पुल निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

 

रु दश करोड १० लाख ९१ हजार १६६ को लागतमा पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार पुल निर्माणका लागि एमएस आइएसस निर्माण सेवा सुर्खेतसँग विसं २०८१ असार १० गते सम्झौता भएको थियो ।

पुल निर्माणको काम विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको तिवारीले जनाउनुभयो । पुल ४० मिटर लम्बाइको हुनेछ । हाल पुलको फाउण्डेसनको काम भइरहेको छ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड ३६ लाख ८२ हजार बजेट विनियोजन भएको छ । पुल निर्माणपश्चात आँबुखैरेनीतर्फ आउने सवारी साधन डुम्रेबजार नपुगी यहीँबाट भन्सार हुँदै बँेसीसहर जान सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने
संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने

१ दिन अघि

बागमती प्रदेशसभाको बैठक आज
बागमती प्रदेशसभाको बैठक आज

१ दिन अघि

‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’
‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

१ दिन अघि

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान
बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

१ दिन अघि

ताजा अपडेट

  • मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ

    मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ

  • ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

    ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

  • संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने

    संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने

  • बागमती प्रदेशसभाको बैठक आज

    बागमती प्रदेशसभाको बैठक आज

  • पाकिस्तान : प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त

    पाकिस्तान : प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त

  • ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

    ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

  • बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

    बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

  • ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा

    ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा