प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।
अहिले प्रधानमन्त्री दाहालसहित माओवादी नेताहरू नर्भिक अस्पतालमा भेला भएका छन् । सीता दाहाल लामो समयदेखि अर्धचेत थिइन् ।
नेपालसहित विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत उनकाे स्वास्थ्यमा सुधार हुन सकेकाे थिएन ।
प्रतिकिर्या