शिक्षा

‘सुनिएको शरीर लिएर महेन्द्र विद्यालय पुग्छन्’


erastriya आइतबार, मंसिर २३, २०८१

 

बलेवा (बागलुङ), २३ मङ्सिरः जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत २० वर्षीय महेन्द्र विक अहिले दुखेको र सुनिएको शरीर लिएर विद्यालय आउने गर्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित उहाँ पढ्ने रहर पूरा गर्न सुनिएको शरीर लिएर विद्यालय पुग्नुहुन्छ ।

 

जन्मेको तीन महिनामा उहाँ बिरामी पर्नुभयो । शरीरमा साना गिर्खा देखिए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचार नगराएका विक बताउनुहुन्छ । विस्तारै उहाँको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमासमेत गिर्खा बढ्दै गएपछि असहज बन्दै गएको उहाँ बताउनुहुन्छ ।

 

विक अहिले कक्षा ६ मा पढ्नुहुन्छ । शरीरका गिर्खा बढ्दै गएपछि शरीर दुख्न र सुनिन थालेको भन्दै आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जान नसकेको बताउनुहुन्छ । गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा उहाँको शरीरको सामान्य परीक्षण भएको थियो । शरीरमा देखिएका गिर्खा क्यान्सर हुनसक्ने आशङ्का स्वास्थ्यकर्मीले गरेका छन् ।

 

विद्यालयका शिक्षकले उहाँको उपचारका लागि सहयोगी दाताको खोजी भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक डिल्लीराज सापकोटा जानकारी दिनुहुन्छ । बाबु मनबहादुर र आमा तीर्थकुमारी ज्याला मजदुरी गर्नुहुन्छ । खानलाउन नपुग्ने भएपछि उहाँहरूले उपचारमा खर्च गर्नसक्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

 

“आमाबाबुले केही गर्न सक्नुहुँदैन, विद्यालय आए पनि शरीर दुख्ने गरेकाले महेन्द्र रूने, कराउने गर्छन्”, सहायक प्रअ सापकोटा भन्नुहुन्छ “सहयोग जुटाएर उपचार गर्न पठाउने योजना छ । दाताको खोजी गरिरहेका छौँ ।” भेटेका सबैलाई महेन्द्रको दुःख सुनाउने गरेको बताउनुहुन्छ ।

 

“महेन्द्रको घाँटी सुनिएर डरलाग्दो भइसकेको छ । उहाँ खान र अन्य काम गर्नका लागि निहुरिन पनि सक्नुहुन्न । विद्यालय आए पनि पढ्न सक्नुभएको छैन् । समयमा उपचार नगरे उहाँको जीवनमा समस्या आउने देखिन्छ”, सहायक प्रअ सापकोटा भन्नुहुन्छ ।

 

निसीखोला–६ का वडाध्यक्ष हेमबहादुर बुढा बालकको उपचारका लागि सहयोगी दाता खोजिरहेको बताउनुहुन्छ । “वडाले मात्रै गरेको सहयोगले उपचार खर्च पुग्दैन, आवश्यक सिफारिस गरेर सहयोगीको खोजीमा लागेका छौँ”, उहाँ भन्नुहुन्छ । सामान्य उपचारले नहुने र निरन्तर दुखाइ भइरहेकाले तत्काल उपचारमा जानैपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

 

विक दम्पतीले कसरी उपचार गर्ने चिन्ता लागेको बताउनुहुन्छ । मदजुरी बाहेक अन्य काम नभएकाले छोराको उपचारका लागि सहयोगको आग्रह गरिरहेको बाबु मनबहादुर बताउनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

असार ३१, २०८२

शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं
शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

असार ३०, २०८२

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

असार १६, २०८२

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन