राजनीति

जहाँ ओली त्यहाँ रवि !


erastriya बुधबार, असार २७, २०८०

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले गत मंगलबार धनगढीमा संचारकर्मीहरूलाई सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू नरहेको र त्यस्ता गठबन्धनमा सामेल हुने कुनै रूचि नरहेको बताएका थिए । तर उनले यस्तो अभिव्यक्ति दिएको २४ घण्टा पनि नबित्दै प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै गरेको सदन अवरुद्धमा रास्वपा ओलीको दल एमालेको सारथीको रुपमा देखा परे ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपालमा सरकार गठनका सम्वन्धमा दिएको विवदास्पद अभिव्यक्तिलाई लिएर नेकपा एमालेले गत बुधबारबाट प्रधानमन्त्रीको राजीनामा मागेर प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरु अवरुद्ध पार्दै आएको छ । यहि प्रकृयामा रविको दल राष्ट्रिय स्वतन्त्र पार्टीले होस्टेमा हैंसे मिलाएका छन् । रास्वपाको यो कदमले भने नयाँ भनि आस गरिएको दल कतै ओलीपथ मै लागेको होइन ? आंशका एवम् प्रश्नहरु सतहमा आएका छन् ।

त्यसो त रवि लामिछानेको पार्टी रास्वपाले एमालेकै कित्तामा उभिएको यो पहिलो घटना भने होइन । सरकारलाई दिएको समर्थन फिर्ता लिएको रास्वपाले सरकारले ल्याएको बजेटमा एमालेसँगै विपक्षामा मतदान गरेर, नागरिकता विधेयकको विरोध गरेर त्यती वेला नै प्रतिपक्षी मोर्चमा आफुलाई राखेको थियो । तर सदनको चौथो ठुलो दलको रुपमा रहेको रास्वपाका पछिल्ला क्रियाकलापहरु एमालेले लिने अडान र उसले अघिसार्ने एजेण्डाको निर्भर हुन थालेपछि यसले नेपाली राजनीतिमा थप संशय पैदा गरिदिएको छ । प्रतिपक्षी बेन्चमा ओली र रविको अघोषित साँठगाँठ रहेको चर्चा चल्न थालेका छ ।

'हामी अस्थिरताको कारक बन्ने छैनौ' भन्ने रास्वपाले प्रचण्ड सरकार बनेको ७ महिना नपुग्दै प्रधानमन्त्रीको राजीनामा माग्दै सदनमा अवरोधमा एमालेलाई साथ दिएर कुन राजनीति स्थिरताको कल्पना गरेको हो ? त्यसको जवाफ रविले दिनुपर्छ ।

सदनमा एमाले सँगै प्रधानमन्त्रीको राजीनामा माग्दै सारथी बनेर उभिने रास्वपाले उसका मतदाताहरुलाई स्पष्ट पार्नुपर्छ ।

प्रधानमन्त्रीको राजीनीमा ओली वा उनको दलले जे कारण मागिरहेका  छन्  र सदनमा अवरोध गरिरहेका छन् उसको पनि त्यही एजेण्डा हो या फरक छ ? वा उनि एमालेक पछि लागेर रास्वपामाथि लागेको बिचार र सिद्धान्तहिन दलको आरोपलाई थप पुष्टि गर्न खोजेका हुन ।

जहाँ ओली त्यहाँ रवि

ओली रवि गठबन्धन निर्वाचनको परिणमसँगै सुरु भएको हो । एमालेको समर्थनमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा एमाले, रास्वपा, राप्रपा र जनमत लगायतका दलको समर्थन थियो । जुन गठबन्धनमा रविलाई गृहमन्त्रालय दिन ओलीले प्रचण्डलाई बाध्य बनाएका थिए ।

सुरुमा एमालेका विष्णु पौडेललाई अर्थमन्त्री र नारायणकाजीलाई गृहमन्त्री दिने गरी ओली र प्रचण्ड बीच सहमती निर्माण भएको थियो । तर पछि ओलीले गृहमन्त्रीमा रास्वपालाई दिनु पर्ने बताउदै रविलाई अघि सारे । उनि उपप्रधान एवम् गृहमन्त्री बने । त्यो रिस फेर्न उपप्रधान एवम भौतिक योजना तथा पूर्वधार मन्त्री नारायण काजी श्रेष्ठ एक साता सम्म मन्त्रालयमा उपस्थित भएनन् । त्यहाँदेखि नै प्रचण्डलाई रविको दलको निर्णय ओलीको आदेश हावि रहेको, चिसो पसेको थियो ।

आफ्नो नागरिकता विवादमा अदालतबाट भएको आदेशबाट आफु संसद नै नरहने अवस्था सृजना भएपछि रवि सत्ताबाट बाहिरिए । ओलीको ढाडसमा गृहमन्त्री आफ्नो दलले पाउने पर्ने अडानमा रहे तर त्यो नपाउँदा अन्य मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने काम उनिबाट भयो ।

तत्कालिन समयमा राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेस माओवादीको नयाँ गठबन्धन बनेपछि एमाले र राप्रपा मन्त्रीहरु पनि सत्ताबाट बाहिरिए । उप निर्वाचनबाट रवि पुन निर्वाचित भएर आउदा सरकारमा आउन प्रचण्डले गरेको आग्रहलाई अस्विकार गर्दै उनले एमालेकै पथ पछ्याउदै सरकारलाई दिएको समर्थन फिर्ता लिए ।

एमालेको कित्तामा नै आफुलाई उभ्याए । त्यसयता ओलीले गर्ने हरेक गतिविधिमा उनले साथ दिदै आएका छन् । प्रधानमन्त्रीको राजिनमा माग्दै सदनमा गरिएको अवरोधमा मात्र होइन संवेधानिक परिषद बैठकमा समेत ओलीकै कित्तामा उनको दल उभियो ।  अझ पछिल्लो समय त उनले ओलीकै शब्द सापटी लिएर सरकार डेलिभर दिन असफल भएकोले सरकार परिवर्तन हुनुपर्ने धारणा राख्न थालेका छन् ।

नागरिकता विधेयकमा एमालेसँगै विरोध

सरकारबाट बाहिरिएर विपक्षी बेन्च पुगेको रास्वपा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकारण भएपछि त्यसको विरोधमा एमालेसँगै सदनमा उभियो । एक दिन नागरिकता नहुँदा अनागरिक भएकोले महिले किन प्रतिक्रिया दिनु भनि पत्रकारहरुलाई जवाफ फर्काउने रवि २० औ बर्ष देखि नागरिकता नपाएका जन्मसिद्ध नेपाली नागरिकका सन्ततिलाई नागरिकता दिने विषयमा एमालेसँगै विरोधमा उत्रिन कत्ति पनि लाज मानेनन् । उनको यो कदमलाई लिएर सामाजिक संजालमा चर्को आलोचना र विरोध भएपछि नागरिकता दिन नहुने पक्षमा आफु नरहेको तर विधि नमिलेकोमा विरोध गरेको भनि बचाउ गरेका थिए । नागरिकता सम्वन्धि विधेयकमा सर्वोच्च अदालतको आदेशले जन्मसिद्ध नेपाली नागरिकका सन्ततिलाई नागरिक बन्ने बाटो खुला गरदिएर ढिलै भएपनि न्याय गरिदिएको छ । विधेयको सम्वन्धमा  एमालेको पछि लागेर सदनमा रविको दलले गरेको विरोधले उनको दललाई अपरिपक्क देखाएको राजनीतिक मामिला जानकारहरु बताउछन्।    

जलहरी प्रकरणमा एमालेलाई साथ
पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर एमालेले प्रतिनिधिसभाम केहि दिन अवरोध गर्यो । उक्त अवरोधमा पनि रास्वपाले एमालेसँगै साथ दिदै सदन अवरोधमा सँगै उत्रियो । केपी ओली माथि लागेको आरोपको बचाउमा रविको साथले धेरैलाई चिढाएको सशंकित नै पारिदिएको थियो । यो मात्र होइन शरणार्थी प्रकरणदेखि, प्रधानमन्त्री पुष्प कमल दाहालको भारत भ्रमणलाई लिएर सदनमा भएको टिका टिपणीमा पनि रवि र ओलीको दलको बोली र लोली मिलाए ।   यसरी पछिल्ला दिनहरुमा सदनमा एमाले गर्ने हरेक विरोधमा रास्वपाको साथले ओली र रविको अघोषित प्रतिपक्षी गठबन्धन बनेको पुष्टि गर्दै गएको छ । यसलाई चिर्न रविले अब निकै मिहिनेत गर्नुपर्ने देखिएको छ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न
अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

असोज ०२, २०८१

अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता
अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

भदौ ३१, २०८१

ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!
ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

भदौ १७, २०८१

गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी
गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

भदौ १४, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति