सोमबार, कात्तिक २६, २०८१
काठमाडौँ, २६ कात्तिकः गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु २१ अर्ब ५१ करोड ९६ लाख छ ।
सोमबार, कात्तिक २६, २०८१
जनकपुरधाम, २६ कात्तिकः यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो ।
आइतबार, कात्तिक २५, २०८१
सुन्दरबजार (लमजुङ), २५ कात्तिकः लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मस्र्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो ।